राजावादी पूर्व पञ्चहरु संगठित हुने अभियानमा

209

 काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका विभाजित तीनवटै समूह पुनः विभाजित हुने भएका छन् ।

संविधानसभाको निर्वाचनपछि विभाजित भएको थियो । पञ्चायतकालका नवउदारवादी तर, निरंकुश प्रधानमन्त्री सूर्यबहादुर थापाले २०४६ सालको परिवर्तन पछि पूर्वपञ्चहरूलाई संगठित गरी राष्ट्रिय प्रजातन्त्र पार्टीको गठन गरेका थिए । स्वर्गीय थापाले गठन गरेको राप्रपाले विभाजनमा अहिले नेपालका कम्युनिस्टहरूलाई पनि पछि पारेको छ ।

राप्रपाका असन्तुष्ट समूहहरूले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा।प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई फुटाएर नयाँ राप्रपा गठनको तयारी भइरहेको छ । राप्रपाका ठूलो समूहका पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट बनेको समूहले नयाँ राप्रपा गठनको तयारी गरेको छ ।

तिहारको बीचमा हुने असन्तुष्ट समूहको भेलाले पुरानै पार्टीहरूबीच एकता गरेर जाने कि नयाँ पार्टी गठन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा नयाँ राप्रपा गठनको तयारी भइरहेको छ ।

तामाङले तीनवटै राप्रपाका असन्तुष्ट पक्षलाई समेटेर संयुक्त भेला गर्ने निर्णयका लागि पटकपटक छलफल गरेका छन् । गोप्य भेलामा वरिष्ठ उपाध्यक्ष तामाङसहित उपाध्यक्षद्वय टंक ढकाल, दिलविकास राजभण्डारी, महामन्त्रीद्वय धवलशमशेर राणा र जयन्त चन्द, सहमहामन्त्री दिनेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू अर्जुन राई, गोविन्दराज खनियाँ, मुकुन्द गिरी, रामबहादुर शाहलगायतका नेता सक्रिय रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here