रानीपोखरीमा मन्दिरको मूलढोकामै भाइटीका

257
A man offering tika to sister on the auspicious occasion of Bhaitika outside Balgopal Temple at Ranipokhari in Kathmandu on Tuesday, November 1, 2016. This year bhaitika is being offered to the public outside the Balgopal Temple after it was damaged in the devastating April 25 earthquake last year. Photo: RSS

काठमाडाैं / दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले आज रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा एकअर्कालाई भाइटीका लगाएका छन् ।

भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै भाइटिका लगाउने व्यवस्था गरिएको छ ।

भाइटीकाको दिनमा दाजुभाई नहुने दिदी बहिनी र दिदी बहिनी नहुने दाजुभाई टिका थाप्न आउने हुदा बिहानैदेखि मन्दिर खुला गरिएको हो ।

हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्ने काठमाडौंको रानीपोखरीको बीचमा रहेको यमलेश्वर बालगोपाल मन्दिर पनि खुला भएको छ ।

राजा प्रताप मल्लले बनाएको यो मन्दिर आज दिनभर नै खुला रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here