`गङनम स्टाइल’ का गायक नेपाल आउने तयारीमा

124

काठमाडौं / गीत ‘गङनम स्टाइल’ का गायक ‘सार्इ’ अर्थात पार्क जेई साङ नेपाल आउने भएका छन् ।

कोरियाली राजदूतावासले आयोजना गर्न लागेको‘सार्इ विथ के पप लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टका लागि उनी नेपाल आउन लागेका हुन् ।  

कन्सर्टका डिसेम्बर १५ तारिखमा खुमलटार, सातदोबाटोमा रहेकाे रेडियो नेपालको ग्राउण्डमा हुनेछ । ५ घण्टासम्म चल्ने कन्सर्टमा नेपालको तर्फबाट  दीपक बज्राचार्यसँगै हास्यकलाकार राजा राजेन्द्र पोखरेल, गायिका मिलन अमात्य, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी लगायतले प्रस्तुति दिनेछन् ।

नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले उक्त कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here