काठमाडौं / चोरी गरी ल्याएको बा ९८ प ७७९९ नम्बरको मोटरसाइकल चलाईरहेको अवस्थामा काठमाडौं नागार्जुन नगरपालिका-२ तिनधारा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ का २५ वर्षीय मधुसुदन केसी समेत २ जनालाई काठमाडौं महानगरपालिका-१५ ठाडोभर्याङबाट बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी चोरी गरी ल्याएको बा।७४ प २८२४ नम्बरको मोटरसाइकल चलाईरहेको अवस्थामा काठमाडौं नागार्जुन नगरपालिका-२ बुद्धचोक बस्ने उदयपुर ईनामेल-९ का २१ वर्षीय उमेश तामाङ समेत २ जनालाई काठमाडौं नागार्जुन नगरपालिका-३ पाँचधाराबाट बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















