नेपाली नर्स क्यानडाका नर्स भन्दा कम छैनन्–रामाए एस

394

ललितपुर / ‘सशक्तिकरण तर्फ नर्सहरु’ विषयक सिम्पोसियम आयोजना गरिएको छ । क्यानडाबाट यहि कार्यक्रमका लागी नेपाल आउनुभएकी रामाए एसले आफुले नेपाली नर्स र क्यानडाको नर्समा केहि भिन्नता नपाएको बताउनुभएको छ । नर्सहरुलाई उर्जावान भएर अघि बढ्न प्रोत्साहित गदै नेपालमा अन्तराष्ट्रिय स्तरमा नर्सहरुले काम गर्र्ने अवसर विकास भएकोमा वहाँले खुशी साट्नुभएको छ ।

करिब १ सय नर्सको सहभागीता रहेको कार्यक्रमको अस्पतालकी प्रबन्ध निर्देशक डा. समता प्रसादले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । मेडीसिटी नर्सिङ्ग इमपावरमेन्ट कार्यक्रम (एम.एन.इ.पी) कार्यक्रममा महाप्रबन्धक डा. दिप्तेस अर्यालले हरेक नर्सको भूमिका उत्तिकै महत्वपूर्ण रहने र हरेकबाट सशक्तिकरणको अभियान सफल हुने जनाउनुभयो ।

त्यस्तै, नर्सिङ्ग एसोशिएसन नेपालका तर्फबाट अम्बिका पौडेलले नर्सिङ्ग पेशामा व्यक्तिगत चुनौती थुप्रै रहेता पनि नर्सहरुसंग अरुको पीडालाई आफ्नो सम्झेर सधै काम गर्न सक्ने क्षमता रहने जनाउनुभयो । हिजो भन्दा आजका नर्सहरुले अझै धेरै ज्ञान तथा सिप हासिल गरेकाले स्वास्थ्य क्षेत्रको विकासमा यसले धेरै टेवा पुग्ने धारणा पाण्डेले राख्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयलाई प्रतिनिधित्व गरी कार्यक्रममा उपस्थित हुनुभएकि कविता पाण्डेले मिड वाइफ र नर्सहरुलाई लक्षित गरी सरकारी तहबाटै धेरै कार्यक्रमहरु पाइपलाइनमा रहेको जनाउनुभयो ।साविकको तुलनामा नर्सहरुलाई अवसर वृद्धि भएकोमा समेत वहाँले जोड दिनुभयो ।

 

कार्यक्रममा विभिन्न विषयमा अन्तक्र्रिया गरिएको थियो भने मुख्य प्राथमीकता सशक्तिकरणको विषयलाई दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here