काठमाडौं / लोक सेवा आयोगको परीक्षामा एउटै संस्थाबाट ७५ प्रतिशत बढी नतिजा आएको छ ।
आयोगले शाखा अधिकृतमा सिफारिस गरेका ३६५ जनामध्ये २७५ को हाराहारीमा यस संस्थामा पढेका विद्यार्थी उत्तीर्ण भएका छन् ।
लोकसेवा आयोगले लिने विभिन्न सेवा र समूहको तयारी कक्षा सञ्चालन गरिरहेको पुतलीसडकस्थित सेडेप नेपाल(नेम)बाट मात्रै ७५ प्रतिशत बढी नतिजा आएको हो । आयोगले लिने विभिन्न सेवा/समूहको परीक्षामा यस नीजि संस्थाबाट हरेक बर्ष उत्कृष्ट नतिजा आउने गरेको छ ।
दक्ष स्रोत व्यक्तिद्वारा प्रभावकारी पढाई, नियमित नमूना अभ्यास परीक्षा, पृष्ठपोषण कक्षा, विद्यार्थीमैत्री वातावरण, स्रोतव्यक्ति–विद्यार्थी र व्यवस्थापक बीचको त्रिपक्षीय समन्वयको कारणनै हरेक बर्ष हरेक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त हुने गरेको सेडेप नेपालका कार्यक्रम संयोजक माधवप्रसाद पाण्डेले सञ्चारमाध्यमलाई जनाए ।


















