काठमाडौं / ग्लोबल आइएमई बैंकद्वारा नेपालको कर प्रणाली र डिजिटल बैकिङ्ग सम्बन्धी बित्तीय साक्षरता कार्यक्रम सञ्चालन।
ग्लोबल आइएमई बैंक लि। मिति २०७५ साल मसिंर ४ गते मंगलबार आयोजना गोंगबु क्षेत्रमा क्रियाशिल होटल व्यवासायीहरुकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङ्ग सम्बन्धि वित्तिय साक्षरता एंव अन्र्तकृया कार्यक्रमको आयोजना गरेको छ ।
गोगंबु क्षेत्रमा क्रियाशिल होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका विभिन्न आयामहरुको बारेमा जानकारी गराउने उद्धेश्यले ग्लोबल आइएमई बैंकले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा नेपालको कर क्षेत्रमा प्रशिक्षक तथा सल्लाहकारको रुपमा काम गर्दै आउनु भएका चार्टर्ड अकाउटेन्ट श्री शेष मनि दाहालज्यूले नेपालको कर प्रणलीका बिषयमा व्यवसायीहरुलाई जानकारी गराउनुभएको थियो । सोही विषयमा त्यहाँ उपस्थित होटल व्यवसायीहरु बीच केहिबेर अन्र्तकृया कार्यक्रम समेत संचालन भएको थियो । साथै सोहि कार्यक्रममा नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका नयाँ नयाँ आयमहरुको बारेमा ग्लोबल आइएमई बैंकका सूचना प्रविधि विभाग प्रमुख अनिल जोशीले जानकारी गराउनुभएको थियो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा,एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले १३२ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४० एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । यसका साथै बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्ससेवा समेत प्रदान गर्दै आइरहेको छ ।


















