‘दि कर्मा’ मंसिर ७ को सट्टा माघ ४ मा प्रदर्शन हुने

226

देव कुमार श्रेष्ठ निर्देशित नेपाली चलचित्र ‘दि कर्मा’ माघ ४ गतेलाई सरेको छ । मंसिर ७ गते रिलिज हुने भनिएको सो चलचित्रका निर्माता जयराज रायका अनुसार बिशेष कारणवश यो चलचित्रलाई माघमा सारिएको हो । चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् ।

निशा खतिवडा निर्मात्रीको रूपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरूको अभिनय रहेको छ । काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here