बलात्कारपछि १४ वर्षमै जन्मियो छोरा

54

काठमाडौं । अघिल्लो वर्ष साउनमा रोल्पा नगरपालिकाकी एक किशोरी तारा ‐नाम परिवर्तन० १३ वर्षको उमेरमा छिमेकी आफन्तबाटै बलात्कृत भइन्। कक्षा ७ मा पढ्दै गरेकी उनले गत साता १४ वर्षको उमेरमा छोरा जन्माइन्। आफू यौन शोषणमा परेको कुरा परिवारमा भन्न नसकेकी उनको पेट बढ्दै गएपछि आमाले सोधखोज गरिन्। बच्चा जन्मिनुभन्दा ४ हप्ताअगाडि मात्र उनी गर्भवती भएको थाहा भयो। तारा बलात्कारपछि गर्भवती भएको थाहा भएपछि बलात्कार गर्ने १८ वर्षे किशोरलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रियामा लगेको छ।

बलात्कारपछि १४ वर्षको उमेरमा छोरा जन्माएकी ताराको छोरा यति बेला उनीसँग छैन। जिल्लाका स्थानीय महिला अधिकारकर्मीको चाँजोपाँजोमा नवजात शिशुलाई धर्मपुत्रका रूपमा अरू कसैलाई जिम्मा लगाइएको छ। कानुनी प्रक्रियापछि मिलाउँदै गर्ने गरी तारालाई ‘कसैले २ हजार र एक जोर कुर्तासुरुवाल दिएर नवजात शिशु छोरा बनाउन लगेको थाहा छ। १० महिना गर्भमा राखेर जन्माएको छोराको यादले तारालाई बेलाबेला झस्काउने गर्दछ। बच्चालाई दूध खुवाउन नपाएपछि शारीरिक समस्या पनि झेलिरहेकी उनलाई मानसिक रूपमा थप पीडा सुरु भएको छ।

भर्खरै एकदुई पटक महिनावारी सुरु भएकी ताराले यौन र यौवनबारे बुझ्न नपाउँदै आमा बन्नु परेको पीडा कल्पनासमेत गर्न सकिँदैन। सानो उमेरकी उनी यतिबेला शारीरिक तथा मानसिक रूपले जोखिममा छिन्। ताराले पढाइसँगै जीवनका हरेक घुम्ती अपूरा देख्न थालेकी छिन्। पढ्ने रहर छ तर विद्यालय जानसक्ने अवस्था छैन। ‘मेरो छोरा अरूले लगे।

दुई हजार र एकजोर कुर्तासुरुवाल दिएका छन्,’ बच्चा सम्झिँदै तारा भन्छिन्, ‘आफूले जन्माएको छोरा हो, माया त लाग्छ नि तर के गर्नु आफूसँग राख्न सक्ने अवस्था भएन।’ अवसर पाए पढ्ने चाहना रहेको बताउने उनी भन्छिन्, ‘गाउँघर चारैतिर मेरोबारे हल्ला चलिसकेको छ। स्कुल जानसक्ने अवस्था छैन। टाढा गएर पढ्न सक्ने हैसियत छैन।’ ताराकी आमाका अनुसार गाउँ गए उनकी छोरीलाई गाउँ निकाला गर्नेबारे छलफलसमेत भइरहेको आजको नागरिक दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here