डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवद्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ शुरु भएको राष्ट्र वहस(२०७५) प्रतियोगिता यहि सोमबार सम्पन्न भएको छ ।
काठमाडौको साइम कलेजमा कात्तिक ३० देखि मंसिर २ सम्म चलेको बेलायती संसदीय पद्धतिको उक्त प्रतियोगिको मुख्य विधाको उपाधि दिपशिखा घिमिरे र सविश्र कडेलको टिम अतिरञ्जिलले हात पारेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ठ वक्ता ऋषव सापकोटा र सर्वोत्कृष्ठ निर्णायक मिलन विश्वकर्मा घोषित भएका छन् ।
साइम कलेजको सह-आयोजना र ३२ टोलि बहसकर्ताको सहभागिता रहेको उक्त प्रतियोगिताको मुख्य निर्णायक प्यानलमा डिवेट नेटवर्क नेपालको सञ्चालक सदश्य तथा प्रवन्ध निर्देशक निश्मा गौतम र डिवेट नेटवर्क नेपालका सञ्चालक सदश्य विपुल पाण्डे रहेका थिए ।
नेपालमा नेपाली भाषाको संसदिय पद्दतिमा बहस हुनुले भविष्यमा उत्कृष्ट राजनितिज्ञ जन्माउन मद्दत पुग्ने कुरामा आफू विश्वसत रहेको डिवेट नेटवर्क नेपालका अध्यक्ष राज खरेल जनाउछन् । सेन्जेभियर कलेज बाट सामाजिक कार्य विषयमा स्नातक सकेका खरेल नेपालमा यूवाहरुले राजनितिलाइ मन नपराउनुमा बहसको संस्कार नहुनु पनि मुख्य कारक रहेकोले यस्ता फरक प्रकारका बहस प्रतियोगीताले यूवाहरुको राजनिति प्रतिको घट्दो विश्वास लाई हटाउन, बहसको संस्कार संस्थागत हुन जरुरी रहेको जनाउछन् ।
प्रतियोगिताका संयोजक रहेका पदम रेग्मीले नेपाली भाषामा तर्कसंगत बहस वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत चार वर्षदेखि निरन्तररुपमा डिवेट नेटवर्क नेपालले संसदिय पद्दतिमा विभिन्न किसिमका बहस कार्यक्रमहरु आयोजना गराउँदै आएको जनाए ।
डिवेट नेटवर्क नेपालले सन् २०१४ देखि नेपालमा संसदिय पद्दतिमा बहस गराउँदै आइरहेको छ ।

















