जोडिएका जुम्ल्याहाको मुटु र कलेजो एउटै

257

सुर्खेत /  सुर्खेतमा छाती र पेटको माथिल्लो भाग जोडिएका जुम्ल्याहा बालिका जन्मिएका छन् । जोडिएका जुम्ल्याहा बालिकाको मुटु र कलेजो पनि एउटै भएको पाइएको छ ।

प्रदेश अस्पताल वीरेन्द्रनगरमा कालिकोटको राष्कोट नगरपालिकाका ५ कि ललिता बुढाले शरीर जोडिएका छोरीहरुको जन्म दिएकी थिइन् । आइतवार शल्यक्रिया गरी निकालिएको जुम्ल्याहा छोरीहरुको मुटु र कलेजो पनि एउटै भएको पुष्टी भएको प्रदेश अस्पतालले जनाएको छ ।

अस्पतालका बाल रोग विशषज्ञ डाक्टर नवराज केसीले भिडियो एक्सरे गर्दा उनीहरुको मुटु र कलेजो एउटै रहेको जनाए । उनले अब बालिकाहरुको शल्यक्रिया गरेर शरीर छुट्याउने सम्भावना कम भएको पनि जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here