अध्यक्ष भट्टलाई पितृशोक, शवलाई नेपाल ल्याउने तयारी

85

काठमाडौं / टीबीआई ग्रुप तथा गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । अध्यक्ष भट्टका बुबा यदुप्रसाद भट्टको जपानस्थित जपान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आइतबार दिउँसो निधन भएको हो ।

स्व. भट्ट फोक्सोमा समस्याका कारण जापान रेडक्रस मेडिकल सेन्टरमा उपचाररत थिए । स्वर्गीय भट्ट २०३९ सालमा वाणिज्य सहायक मन्त्री भएका थिए ।

वि. सं २०३९ मा वाणिज्य सहायकमन्त्री भएका स्व. भट्टका एनआरएनए अध्यक्ष भट्टससहित टीबीआई पब्लिकेसन्सका प्रबन्ध निर्देशक शिशीर भट्ट, निर्देशक उज्वल भट्टलगायत तीन छोरा, तीन छोरी र श्रीमती छन् ।

स्वर्गीय भट्टको शवलाई नेपाल ल्याउने तयारी भइरहेको भाई भवप्रसाद भट्टले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here