काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै आलोचना गर्नेहरुलाई कडा जवाफ स्वरुप तामझाम देखाउन जरुरी रहेको जनाएका छन् ।
अबका कार्यक्रमहरुमा बाजा समेत बजाइने भन्दै प्रधानमन्त्री ओलीले ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो ।’ उनले भने, – ‘कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको आलोचनाहरु आइरहेका छन् तर उनले यसको कडा रुपमा जवाफ दिँदै भने, ‘मजदुरलाई सोध्नुस्, श्रमजीविलाई सोध्नुस्, दुख पाएका गरिबलाई सोध्नुस् सरकार कहाँ छ ?
‘बाटोमा धुलो उड्न कम भएको छ, जवाफ पाउनुपर्ने हो, काठमाडौंमा सडक बढारिन्छ धोइन्छ, अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ ?’ उनले भने, ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार । जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने प्रधानमन्त्री ओलीले जनाए ।