हुकुमबहादुर सिंह
अघिल्ला केही हप्तामा नेपाली छापामा दुई फरक दृष्टिकोणका तर आफूलाई माक्र्सवादी र क्रान्तिकारी माक्र्सवादी भन्ने बिल्कुलै फरक धारका दुई जना लेखकहरूका भिन्दा भिन्दै पत्रिकामा लेखहरू प्रकाशित भए । पहिलो लेख सरकारी नेकपाका नेता घनस्याम भुसाल, जसमा उनले ‘कसरी बांच्छन् कम्युनिस्ट पार्टीहरू’ भन्ने शीर्षकमा सो लेख लेखेका थिए र नेपालको एउटा दैनिक पत्रिका कान्तिपुरमा सो छापिएको थियो भने अर्को लेख सरकार विरोधी नेकपाका नेता अनिल शर्मा बिरहीको नाममा ‘कलम भिर्ने हत्याराहरको काल’ भन्ने शीर्षकमा जनआस्था साप्ताहिकमा प्रकाशित थियो । यी दुई लेखका शिर्षकबाटै थाहा लाग्छ, नेपालको कम्युनिस्ट आन्दोलनमा विद्यमान दुई धारहरू–दक्षिणपन्थी संसदवादी संशोधनवादी धार र वामपन्थी संकिर्णातावादी धार कति जवरजस्त छ भन्ने स्पष्ट हुन्छ ।
पहिलो धारको प्रतिनिधित्व गर्दै भुसालले ‘कसरी बांच्छन् कम्युनिस्ट पार्टीहरू’ भनेर नेकपा जो सरकारमा दुई तिहाई मतका साथ छ, त्यसलाई कसरी बचाउने भन्ने चिन्ता जाहेर गरिएको छ र त्यसको लागि उनले फिनिक्स चराको मार्गलाई अनुसरण गर्ने कुरा गरेका छन् र त्यहा“ उनको लेखमा माक्र्सवाद र माक्र्सवादी दृष्टिकोणको खासै महत्वका साथ उल्लेख गरिएको छैन । उनको लेखमा उल्लेखित दर्शन, सिद्धान्त र विचार माक्र्सवाद होइन, मदनभण्डारीको जनताको बहुदलीय जनवादमा आधारित छ, जो माक्र्सवाद विरोधी ख्रुश्चेभको तीन शान्तिपूर्णहरू–शान्तिपूर्ण प्रतिष्पर्दा, शान्तिपूर्ण संक्रमण र शान्तिपूर्ण सह–अस्तित्वमा आधारित छ । मूलतः केपी ओलीले पार्टीभित्र उनलाई गरेको तिरष्कारको गन्ध छ, क्रान्ति त उनको लागि पनि चिन्ताको विषय नै होइन् । केपी सरकारले गरेको उनीप्रतिको नजरअन्दाज, जसमा व्यक्तिगत पद, पैसा र उनको वौद्यिकताको अनादर नै प्रमुख हो र त्यो लेख एउटा माक्र्सवादी लेखकको नभई संसदवादी संशोधनवादी बुर्जुवाको लेख हो स्पष्ट हुन्छ । यद्धपि त्यसमा उनले आफ्नो संशोधनवादी बुर्जुवाको बौद्धिकताको भने राम्रै प्रदर्शन गरेका छन् । सारमा सरकारी नेकपाको चौघेराभित्रको उनको वौद्यिकता । माक्र्सवालाई कसरी उजील्याउने नभई कसरी खिया पार्ने नै उनको लेखको सार हो ।
दोस्रो लेख अर्को नेकपा, जसलाई नेत्रविक्रम चन्दले नेतृत्व गरेका छन्, त्यसका एक जना बुद्धिजीवी नेता–अनिल शर्मा बिरहीको नाममा छ, उनको लेखको शिर्षक ‘कलम भिर्ने हत्याराहरूको काल’ भन्ने छ । भरखरै प्रकाशित चन्दको किताव–माहापतनमाथि आलोचना गरेर डा.ऋषिराज बरालले जनमेल अनलाइनमा आफ्नो विचार लेखेका थिए । त्यसलाई आधार बनाएर बिरहीले धम्किको भाषमा यो लेखेका छन् । उक्त शिर्षकबाटै स्पष्ट हुन्छ कि उनी र उनको पार्टी र त्यसका नेता चन्द आलोचनाभन्दा घेरै माथि छन् । यदि कसैले उनको पार्टी र नेताको आलोचना गर्दछ भने त्यो सैह्य हु“दैन । लेख पढ्दै जादा उनी एक जना अराजक, आफ्नो तथा आफूले कामगर्ने पार्टी र त्यसका नेताको आलोचना सहनै नसक्ने र त्यसरी आलोचना गर्नेहरूमाथि ‘भाटे कारबाही’को समेत धम्कि दिन पछि नपर्ने नेता भन्ने स्पष्ट हुन्छ ।
एउटा माक्र्सवादी लेखकको आफ्नो विचार विरोधी लेखकहरूप्रतिको दृष्टिकोण र व्यवहार कति फराकिलो र चौडा हुन्छ, तर त्यसलाई उनले यति खुम्चाएका छन् कि मानो चन्दको आलोचना गर्नु महाअपराध सरह हो । र त्यसरी आलोचना गर्नेलाई उनकै शब्दमा ‘कलमका हत्याराहरू’का विरुद्धकलमले लडन नसक्नेहरूले लाठो उठाएर आत्मरक्षा गनुृ र्नििवकल्प हुन्छ भनेर डा.ऋषिराज बरालमाथि भाटे कारवाहीको आवश्यकता समेतको धम्किको भाषा प्रयोग गरेर आफ्ना पार्टीका नेताहरूका विरुद्ध नलेख्न चेतावनी समेत दिएका छन् ।
यसरी नेकपाका नेता अनिल शर्मा बिरहीले जनआस्थामा जे लेखे त्यो माक्र्सवादी द्धन्द्धात्मक भौतिकवाद सम्मत छैन् । हुनता उनका अर्का नेता खड्कबहादुर विश्वकर्माले मंसिर ८ गतेको आमसभामा जे बोले त्यसबाट पनि उनको पार्टीको लाइन स्पष्ट हुन्छ कि उनको पार्टीले यी सब गर्न खोजीरहेकोछ, त्यो पनि सर्वहारावर्गको मुक्तिका लागि नभई एउटा पुरानै खालको पु“जीवादी क्रान्ति नै हो । बुझ्नेका लागि काफी छ कि क्रान्ति सम्वन्धी माओका विचार र बाटोलाई उनको पार्टीले मान्दैन । चन्दले अगाडि ल्याएको ‘एकिकृत जनक्रान्ति’को कार्यदिशामा उनले व्याख्या गर्न खोजेको नेपाली समाजको विश्लेषणले नेपाली सर्वहारावर्गको नभई मध्यमवर्गको नेतृत्वको क्रान्तिको सपना देखेको छ, जो माक्र्सवाद विरोधी हो । उनले अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासवारे पनि अनेकौ भ्रमपूर्ण कुराहरू बाहिर ल्याएका छन् । नेपाली इतिहासको मूल्याङकनवारे उनी मनोगतवादको दलदलमा फसिरहेका छन् । सर्वहारावर्ग–नेपालको सन्दर्भमा मजदुर, सुकुम्वासी तथा दलीतहरूप्रति नभई मध्यमवर्गप्रतिको उनको आक्रषण देखिएको छ । एकातिर विश्वस्तरमा अमेरिकी साम्राज्यवादको अस्तित्व छैन् भनेर उत्तरसाम्राज्यवाद भन्ने अर्कोतिरयहि मंसिर ८को आमसभामा भारतीय साम्राज्यवाद मूर्दावादको नारा लगाउन लगाएर चन्द समूहले अर्को नौटङकी गरेको छ । यिनै र यस्तै कमिकमजोरीहरूलाई लिएर आलोचना गर्नेलाई ‘कलमका हत्याराहरू’का विरुद्ध कलमले लडन नसक्नेहरूले लाठो उठाएर आत्मरक्षा गनुृ र्नििवकल्प हुन्छ भनेर आलोचकहरूमाथि भाटे कारवाहीको आवश्यकता समेतको धम्किको भाषा प्रयोग गर्ने लेखकलाई के भन्ने ?
माथि उल्लेखित यी दुई प्रवृतिहरू– दक्षिणपन्थी संसदवादी संशोधनवादी (जसको प्रतिनिधित्व लेखमार्फत घनश्याम भुसालले गरेका छन्) र वामपन्थी संकिर्णातावादी प्रवृति( जसको प्रतिनिधित्व लेखमार्फत अनिलशर्मा बिरहीले गरेका छन्) हरू नेपाली क्रान्तिकारीहरूका लागि उत्तिकै नकारात्मक छन् । यीनका विरुद्ध वैचारिक, राजनीतिक तथा सागठनिक रूपमा संघर्षको आवश्यकता छ । hukumsingh2012@yahoo.com
जनधारणा साप्ताहिक
















