काठमाडौं / नेपाली सेनाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’को आज मिति २०७५ मंसिर १२ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले जंगी अड्डास्थित फुटबल मैदानमा एक बिशेष समारोहका बीच समापन गर्नुभएको छ ।

जङ्गी अड्डास्थित खेल मैदानमा त्रिभुवन आर्मी क्लब र ए।पि।एफ। क्लब बीच भएको फाइनल खेलमा १र१ गोलको बराबरीमा खेलको समय सकिएको हुँदा थप २० मिनेटमा समेत गोल हुन नसकेपछि पेनाल्टि सुटआउटमा ए।पि।एफ। क्लबले २ को विरुद्ध ४ गोल हानी विजयी भएको छ । २०७० सालबाट शुरु भएको यस प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल नेपाल प्रहरी र प्रदेश नं। २ का टिमलाई सशस्त्र प्रहरी बलका महानिरिक्षक श्री शैलेन्द्र खनालले नगद रु। ५०,०००र५०,००० पुरस्कार वितरण गर्नु भएको थियो । यसै गरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई बलाधिकृत रथी श्री हेमन्त राज कुंवरले पुरस्कार वितरण गर्नुभएको थियो । राष्ट्रिय खेलकूद परिषदका उपाध्यक्ष श्री पिताम्बर तिमिल्सिनाले खेल संचालनमा सहयोग गर्नु हुने रेफ्रि तथा अफिसियलहरुका साथै यस खेलमा द्वितिय हुने त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई मेडल र नगद रु। १,५०,००० ९एक लाख पचास हजार० पुरस्कार वितरण गर्नु भएको थियो । प्रधानसेनापति महारथी श्री थापाले यस खेलमा प्रथम हुने ए।पि।एफ। क्लबका खेलाडीहरुलाई मेडल, ट्रफि र पुस्कार नगद रु। ३,००,००० ९तीन लाख० प्रदान गर्नुका साथै सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी पुनम जर्गा मगरलाई यामाहा कम्पनिले सहयोग गरेको स्कुटर प्रदान गर्नु भएको थियो ।
विभागिय टिमहरु लगायत प्रथम पटक ७ प्रदेशका महिला फुटबल टिमहरु र मित्रराष्ट्र भारतको महिला फुटबल टिम २ गरी जम्मा १२ टिमको सहभागिता रहेको फाइनल खेलमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, युवा तथा खेलकुल मन्त्रालयका सचिव, नेपाली सेनाका वहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, अखिल नेपाल फुटबलसंघका पदाधिकारीहरु, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतहरु, सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।


















