एशिया प्रशान्त सम्मेलन : ४० देशका युवा अनुभव आदानप्रदान गर्दैै

143

काठमाडौं /  विश्व शान्ति र समृद्धिका लागि युवा तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्न एशिया प्रशान्त क्षेत्रका ४० देशका युवा तथा विद्यार्थी एकै थलोमा भेला भएका छन् ।

एशिया प्रशान्त सम्मेलनका अवसरमा विश्व शान्तिका लागि युवा र विद्यार्थी (वाइएसपी) संस्थाद्वारा आयोजित वाइएसपी–परिसंवाद कार्यक्रममा सहभागीले युवा नेतृत्वले खेल्नुपर्ने भूमिका तथा अनुभव आदानप्रदान गर्नेछन् ।

कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विश्व शान्ति र समृद्धिका लागि युवा वर्गले योगदान गर्नुपर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, ‘परिवार र समाजमा युवाको ठूलो दायित्व छ, युवा वर्गले विगतलाई सुरक्षित, वर्तमानलाई सुन्दर र भविष्यलाई सिर्जनशील बनाउनुपर्छ ।’

विश्व शान्तिका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा युवालाई सक्षम बनाइनु पर्नेमा जोड दिनुभयो । संस्कृति मानवीयताको प्रमुख आधारस्तभका रुपमा रहेको चर्चा गर्दै उहाँले योग्यता र अनुभवको साझेदारीले एकापसमा जोड्ने विश्वास व्यक्त गर्नुभयो । नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने जानकारी गराउँदै उहाँले एशिया प्रशान्त सम्मेलनमा सहभागीले आ–आफ्नो मुलुकमा नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उल्लेख गर्नुभयो ।

वाइएसपी नेपालका अध्यक्ष प्रकाशबाबु थापाले दिगो शान्ति स्थापनाका लागि युवा तथा विद्यार्थीको ठूलो भूमिका हुने उल्लेख गर्दै विश्वलाई सुन्दर बनाउने जिम्मेवारी युवाको काँधमा आएको जनाउनुभयो ।

सो अवसरमा सुविन भट्टराई, मन्दिरा रावत थापा, युवराज चौलागाईं, प्रताप दास, सुदीपकुमार कार्की, गणपतिलाल श्रेष्ठ, शङ्करकुमार प्रधान, अर्जुन अधिकारी, तुलसीराम पाण्डे, रवीन्द्र थापा र राज सागरलाई ‘युथ एम्बेसडर फर पिस’ उपाधिले सम्मान गरिएको थियो ।

कार्यक्रममा युथ लिडरशिप ट्रेनिङ (वाइटिआई) इन्टरनेशनलका सदस्यले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा १२० विदेशीसहित करीब ३०० युवा तथा विद्यार्थी सहभागी भएका छन् । नेपालका तर्फबाट सातै प्रदेशबाट १०/१० जनाका दरले प्रतिनिधित्व गरिएको छ । सो अवसरमा राष्ट्रिय अवार्ड विजेताले युवा अधिकार र दायित्वका बारेमा प्रवचन दिने वाइएसपी नेपाल अध्यक्ष थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here