ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

205

 काठमाडौं / ग्लोबल आइएमई बैंकले आ.व.२०७४/०७५ मा २ अर्व १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंक संचालक समितिको आज बसेको ३०७औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाकोस्वीकृति पश्चात आ.व.२०७४/०७५ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश (बोनश शेयर) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्ने छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

बैंकले भारत, अष्ट्रेलिय र बेलायतमा प्रतिनिध कार्यालय खोली कार्य गर्दै आएको छ । ११३ अर्व निक्षेप, १०२ अर्व कर्जा लगानी रहेको बैंकको हाल १३२ वटा शाखाहरु, १५ वटा राजश्व संकलन काउण्टर, १४१ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/ सम्पर्क कार्यालय रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here