मन्त्रीकै कारण मलेशिया सरकारसँगको सम्झौता व्यवहारमा लागु नभएको खुलासा

241

काठमाडौं / सरकारले कारबाही गरेका मेनपावर माफियाहरूसँग भित्रभित्रै साँठगाँठ गरेको भन्दै सरकारमै रहेका मन्त्री तथा विपक्षी नेपाली कांग्रेसका नेताहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकै कारण दश हजार कामदारहरुको भविष्य अन्यौलमा परेको आरोप लगाइरहेका छन् ।

तर, मंगलबार ट्राफिक नियम पालना गरेको भनेर विष्टले अन्धभक्तहरुलाई सामाजिक सञ्जालबाट प्रचार गर्न निर्देशन दिएको मन्त्री निकट स्रोतले जनाएको छ । मंगलबार थापाथली चोकमा रातो बत्तीको जाममा बसिरहेको समयमा मन्त्री विष्टको गाडी देखिएको थियो । काठमाडौंमा अहिले ट्राफिक जाम ह्वात्तै बढेको छ, मन्त्री विष्ट मात्र होइन, धेरै मन्त्रीहरू जाममा पर्ने गरेका छन् ।

मलेशिया सरकारसँगको सम्झौतापछि कामदार पठाउन कागजी सम्झौता भएको छ । व्यवहारमा मन्त्रीकै कारण लागु भएको छैन । भेन्डर संस्था संचालन गर्दै आएका व्यक्तिलाई हटाएर बायोमेट्रिक, भीएलएन, आइएससीजस्ता संस्था आफ्नो हातमा पार्न श्रममन्त्री र मन्त्रालयका कर्मचारीलाई आफ्नो पक्षमा पार्ने धुनमा गिरोह नै लागेको छ ।

जसका कारण अहिले मलेशिया रोजगारीका लागि भिसा लागेका कम्तिमा १० हजार कामदार जान पाएका छैनन् । मलेसिया पठाउने म्यानपावर कम्पनीका सञ्चालकले मन्त्री विष्टको यसैकारण आलोचना गरिरहेका छन् ।

 यति ठूलो आरोप लाग्दा मन्त्री विष्ट मौन छन् । स्रोतका अनुसार एक मेनपावर व्यबसायीको स्वार्थमा मन्त्री विष्ट लाग्दा कामदारहरुको भविष्य अन्यौलमा परेको हो । मलेशिया रोजगारीका क्रममा ठगी भएको भन्दै श्रममन्त्री विष्टले रोजगारीमा पठाउने विभिन्न संस्थाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका थिए ।

भेन्डर संस्था भनेको रोजगारीमा पठाउने विभिन्न प्रकारका संस्था हुन् । बायोमेट्रिक स्वास्थ्य जाँच, भीएलएन, आइएससीलगायतका संस्थाले मलेशियामा कामदार पठाउँदै आएका थिए । रिपब्लिका दैनिकवाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here