ओली सरकार हुत्तिहारा हो, तुरुन्त राजिनामा दिनुपर्छ : आजाद जनता पार्टी

241

काठमाडौं / आजाद जनता पार्टी नेपालले वर्तमान सरकारलाई हुत्तिहाराको संज्ञा दिँदै तुरुन्त राजिनामा दिनुपर्ने माग गरेको छ ।

एशिया प्यासिफिक सम्मेलनको बहानामा नेपाललाई क्रिश्यिचन राष्ट्र घोषणा गर भन्नेसम्मको दुस्साहस गर्ने अवसर दिएको भन्दै बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त पार्टीले दिन दहाडै नेपाल र नेपालीको अपमान हुने, धर्म, संस्कृति तथा परम्परामाथि प्रत्यक्ष प्रहार गर्ने संघीयता नेपाली जनताले सहन नसक्ने जनाएको छ ।

उक्त पार्टीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘त्यसमाथि पनि संसारमा नाम कहलाएका कुनैपनि गोरखालीले कदापी सहन सक्ने छैन् । यस्तो संघीयताले देशलाई कित्ताकाट गर्ने, जातिय युद्ध गराउन खोज्ने, धार्मिक युद्धको विजारोपण गर्ने गणतन्त्र तथा संघीयता आजैका मितिदेखि खारज गर्न यस पार्टीको जोडदार माग रहेको छ ।’

जारी विज्ञप्तीमा थप भनिएको छ,‘अनादिकाल देखिको इतिहास भएको देव दवादीको तपोभुमि रहेको नेपालमा भूराजनैतिक अवस्थालाई अक्षुण राख्न हामी सफल भएको सर्वविदितै छ । नेपालमा हाल राजनैतिक संसकार नभएका, नैतिक पतन भएका र अदुरदर्शी नेतृत्वको कारण सदियौंदेखि भौगोलिक रुपमा सानै भएपनि आफ्नो अस्तित्व र अस्मिता सुरक्षित राख्न सफल देशको नेतृत्वलाई पाखा लगाई विदेशी हस्क्षेप गराउन सफल दरिद्र मानसिकता भएका तत्वहरुको वर्तमान क्रियाकलापको यस आजाद जनता पार्टी घोर भत्र्सना गर्दछ।’

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष प्रा. सुबोध नारायण झाले र्वतमान प्रधानमन्त्री केपी शर्मा ओली एशिया प्यासिफिक सम्मेलनको नाममा मिशनरी एजेण्ट बनेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री ओली सम्मेलनको नाममा मिशनरी एजेन्ट बने । नेपाललाई नै ध्वस्त पार्ने षड्यन्त्र गर्न खोजिएको छ । कसैले षड्यन्त्र गर्दैमा केही हुँदैन, हाम्रो देश हिन्दू राष्ट्र नै रहनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here