राष्ट्रघातको खतरा नागरिकता विधेयक, भविष्यमा गम्भिर संकट ल्याउने निश्चित

222

हेटौँडा / सामजिक अभियान्ता तथा राष्ट्रिय जागरण परिषदका केन्द्रीय संयोजक साध्यवहादुर भण्डारीले नागरिकता नीति कठोर हुनुपर्नेमा जोड दिएका छन् ।

हेटौँडामा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै भण्डारीले नागरिकता नीतिले विदेशी नागरिकहरु सिधै नेपाली नागरिक बन्न सक्ने खतरा रहेको जनाउँदै यसले राष्ट्रियतालाई समेत गम्भिर आँच पुर्याउने रहेकाले राज्यले यसबारे गम्भिर हुनुपर्ने जनाए ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक २०७५ मा गम्भिर त्रुटिहरु रहेको र यसले राष्ट्रघातको खतरा रहेको भन्दै उच्च स्तरीय न्यायिक अधिकार सम्पन्न छानविन आयोग निर्माण गर्नुपर्ने जनाएका छन् ।

यो विधेयकले विदेशीलाई समेत नेपालमा ‘अनअराईवल भिजा’ जस्तै नागरिकता दिने व्यवस्था गर्न लागेको भन्दै यसले नेपालमा भविष्यमा गम्भिर संकट ल्याउने निश्चित छ ।

नागरिकता सम्वन्धी गलत नीतिको कारण विश्वको धेरै देशहरु गृहयुद्धमा फसेको उदाहरण दिँदै उनले हचुवाको भरमा विधेयक नलैजान सांसदहरुलाई समेत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here