काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले हालै काठमाडौंमा सम्पन्न भएको विवादित एसिया प्यासिफिक समिटमा आएकी ‘सच्चा माता’ हाक जा हान मुनसँग भेट गरेको खुलेको छ । सम्मेलनपछि युपीएफले आफ्नो टेलिभिजन च्यानल पिस टीभीमा बनाएको रिपोर्टमा राष्ट्रपति भण्डारीले हाकसँग भेटघाट गरेको खुलासा भएको हो ।
एउटा विवादित धार्मिक संस्थाले आयोजना गरेको कार्यक्रममा नेपाल सरकार सहआयोजक बनेको भन्दै विवाद भएपछि उक्त संस्थाले सरकारलाई सहयोगीमात्रै भनेको थियो । सम्मेलनका बेला राष्ट्रपतिको यो भेटलाई गोप्य राखिएको थियो ।


















