कलेजका विद्यार्थीद्वारा जाडोका लागि जुत्ता सङ्कलन अभियान

287

काठमाडौं / डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन गरेका छन्।

एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन् ।

‘एपेक्स हेल्थ एजुकेसन अवारनेस’का अध्यक्ष समेत रहेकी विद्यार्थी आष्मा पौडेलले डोल्पाका विद्यार्थीले कठ्याङ्ग्रिदो जाडोमा पनि नाङ्गै खुट्टा हिँड्न नपरोस् भनेर न्यानो जुत्ता सङ्कलन अभियान चलाएको जनाउनुभयो ।

डोल्पाका विभिन्न विद्यालय र स्थानीय विपन्न समुदायलाई समेत जुत्ता वितरण गरिने युवा समूहका अध्यक्ष इञ्जिनीयर सशांक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पावासीलाई जाडोमा न्यानो जुत्ता लैजान युवा समूहले एक हप्तादेखि एक हजार जोड जुत्ता सङ्कलनका लागि कलेजमा अभियान चलाइरहेको र पुसको पहिलो साता सङ्कलित जुत्ता डोल्पा पु¥याएर वितरण गरिनेछ ।

राजधानी काठमाडौँका एपेक्स, नामी, ब्रुकलेन, नेपाल इञ्जिनीयरिङ कलेजलगायत ४० कलेजबाट जुत्ता सङ्कलन गरिनेछ । आजको युगमा कोही पनि नाङ्गो खुट्टा हिँड्न नपरोस् भनेर आफूहरुले यो अभियान शुरु गरेको अध्यक्ष न्यौपानेको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here