कांग्रेसमय काठमाडौं ,चारतारे झण्डा चारैतिर

564

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको महासमिति बैठक आज शुक्रबार देखि शुरु भएको छ । पुस ३ गते सम्म बस्ने उक्त बैठकको उद्घाटन भने भोली शनिबार हुने भएको छ ।

विधान संशोधन मुख्य एजेण्डाका साथ शुरु हुन लागेको महासमिति बैठकमा पहिलो दिन आज अपरान्ह पार्टी प्रधान कार्यालय सानेपामा नाम दर्ता तथा स्वागतको कार्यक्रम राखिएको छ भने भोली ११ वजे यगम्बर पार्टी प्यालेस रामशाहपथमा उद्घाटन कार्यक्रम राखिएको छ । अढाईघण्टाको उद्घाटन शत्र सकिय लगत्तै लगातार पुस ३ गतेसम्म बन्दसत्र सञ्चालन हुनेछ ।

बन्दसत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णवहादुर खड्काले विधान संशोधनको प्रस्ताव राख्नुहुने छ भने अर्का महामन्त्री डा। शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्नुहुनेछ । महासमिति बैठकमा उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज र सह महामन्त्री डा। प्रकाशसरण महतले काग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन पेश गर्नुहुने छ । पार्टीको आर्थिक प्रतिवेदन भने कोषध्यक्ष सितादेवी यादवले प्रस्तुत गर्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here