ओली सरकारको चौतर्फी असफलता

184

हुकुमबहादुर सिंह
ओली सरकार, जो संसदमा र प्रदेशमा दुईतिहाइ बहुमतको घमण्डको सिरानीमाथि मस्त निदाएको छ, यही नीदमा उनका मन्त्रीहरूमात्रै होइन स्वयम् उनीनै विवादमा तानिदै गएका छन् । उनले नेपालमा एउटा अपराधीलाई पत्ता लगाउन १२ वर्षको समयसीमा चाहिन्छ समेत भनेका छन् जबकि उनको सरकारको कार्यकाल बढीमा ५ वर्ष हो । त्यसैगरी गृहमन्त्रीका अभिव्यक्ति त झन विश्वलाई नै अचम्भित पार्ने खालका छन् । ओलीका मन्त्रीहरूले कि त भ्रष्ट र बदनाम प्रशासनतन्त्रलाई आमूल परिवर्तनको लागि कठिन ‘बेडा’ उठाउने साहस गर्न सक्नुपर्छ कि त आफूलाई त्यो कुर्सीबाट आफै हटाउन सक्नु पर्ने इच्छाशक्तिको विकास गर्नु पर्दछ । यस्तो असक्षम गृहमन्त्री के हेरेर बसेका छन् भन्ने बहस अहिले जताततै फैलिएको छ ।

नेकपाका नेता प्रकाण्डको पञ्चायती शैलीमा बारम्बारको गिरफ्तारीलाई लिएर सर्वोच्चले समेत यही निरन्तरता रहेमा अब सरकारका मन्त्रीलाई नै कारबाही गर्न पर्दछ समेत भनेपछि उनी त्यो खेलबाट अहिले बाहिरएका छन् र त्यसमा पनि उनी बदनाम बनेका छन् । सिण्डिकेट हटाएको हल्ला फिजाए तर जनताले देखे उनी त यसमा पनि नराम्ररी चुकेका रहेछन् । त्यसैगरी सुन काण्ड र ठेकदारमाथिको कार्यबाहीको कुरा छ त्यसमा पनि उनी नै ‘बलीका बोका’ बनेका छन् । अहिले आएर फेरि उनी अर्को ‘यो सरकार पार्टीभित्रकैबाट घेराबन्दीमा परेको छ’ भनेर माधव नेपालले संसदमा दिएको अभिव्यक्तिलाई लिएर ओलीको चाकरी गरेर कराउ“दै छन् । वास्तवमा माधव नेपालले संसदमा जे भनेका थिए त्यो एउटा जनताको आवाज थियो, त्यसको विरोध बादलले आखिरमा किन गर्न प¥यो ? यी सबैबाट के स्पष्ट हुन्छ भने उनी एउटा असफल रक्षा मन्त्री भएका थिए (विगतमा कटुवाल काण्डमा) र अहिले पनि उनी गृहमन्त्रीको रूपमा पुरै असफल सावित भइरहेका छन् । उनी यदि संसदीय व्यवस्थाको नै मूल्य मान्यताको कुरा गर्ने हो भने पनि उनले आफ्नो गृहमन्त्रीबाट जति सक्यो छिटो राजीनामाको विकल्प छैन । सुनकाण्ड, ठेकेदारमाथिको कारबाही, यातायातमा विद्यमान सिण्डिकेट, निर्मला अर्यालको बलात्कारपछिको हत्या, रौतहटमा भएको एक जना किशोरीमाथिको एसिड, आदि अनगिन्ती अपराधहरू जसमा उनको नेतृत्वको प्रहरी प्रशासन जनताको नजरमा निकम्मा भएको छ । यी सबै नेपालका गृहमन्त्रीको नेतृत्व रहेको प्रहरी संगठनको असक्षमताका उदाहरण भएका छन्
देशभित्र बदनाम बन्दै गएको ओली सरकार अहिले अन्तर्राष्ट्रिय स्तरमा पनि क«टनीतिक रूपमा असफल देखिएको छ ।

प्रधानमन्त्री ओलीले अहिले युएनको महासम्मेलनमा सहभागी भएर आफ्नो दुईतिहाइको घमण्डको पोको मात्रै फुकाउने काम गरेनन्, उनले अन्तर्राष्ट्रिय कुटनीतिका क्षेत्रमा असफलै असफलता हात पारेका छन् । उनको नेतृत्वमा अहिले नेपाल यिनकै कारणबाट हत्यारा, बलात्कारी र भ्रष्टहरूको अखडा भइसकेको उनलाई पत्तै छैन झै गरेर कुरा गरिरहेका छन् । ओलीसित जनताका आवाज सुन्ने धैर्यता देखिएको छैन । सायद उनी देशको प्रधानमन्त्री भइरहन त्यति सक्षम देखिएका छैनन् । केबल उखान टुक्काले मात्रै देशको यो वर्तमान संकट समाधान सम्भव छैन । उनले लिने दवाई नै उनमा आउने उत्तेजनाको एउटा कारण हुन सक्छ । शारीरिक रूपमा रोगले ग्रस्तबाट देशको शासनसत्ता प्रभावकारी रूपमा चलाउन अप्ठयारो पर्नु स्वाभाविक हो । आफ्नो कुर्सी पछाडि टांगिएको नेपालको नक्साबाट नेपालको कालापानी र लिपुलेक हराएको समेत सडकमा रहेका राजनीतिक दलबाट जानकारी हुनुपर्नेले के संकेत गर्दछ भने नेपालको प्रशासनतन्त्रभित्र दिल्लीका लागि काम गर्नेहरूको बलियो जमात रहेछ । ओली अझै त्यही नक्सा स्कुल, कलेज, विश्वविद्यालय र सरकारी तथा गैरसरकारी निकायका कार्यालयहरूमा प्रयोग भइरहेकोमा त्यति चिन्तित देखिएका छैनन् । यस्तो बदनाम प्रहरी तथा निजामति प्रशासनमा आमूल परिवर्तन गर्ने काम सरकारका लागि टड्कारो आवश्यकता बनेको छ र यो काम संसदीय व्यवस्थाबाट सम्भव छैन भन्ने पनि इतिहासले प्रमाणित गरेको छ । संसदीय व्यवस्था भनेको दलाल नोकरशाही पु“जीपति वर्गको सरकार हो र जनताको सरकारका लागि अब नया“ क्रान्तिको विकल्प छैन । [email protected]

जनधारणा साप्ताहिक

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here