शब बाेकेकाे एम्बुलेन्स दुर्घटना

204

कपिलवस्तु – शव बोेकेको एम्बुलेन्स कपिलवस्तुको पुर्व पश्चिम राजमार्ग अन्तरगत वाणगंगा ७ मध्य वनगाईमा बुधबार बिहान साढे चार वजेको समयमा दुर्घटना भएको छ ।

नेपाल परोपकार फाउण्डेसन वाँकेको एम्वुलेन्स काठमाण्डौ टिचिङ्ग अस्पतालबाट शव लिएर दाङ्ग जादै गरेको गरेको भे १ च २८९८ नम्वरको एम्वुलेन्स दुर्घटनामा परेकाे इलाका प्रहरी प्रहरी कार्यालय पिपराले जनाएको छ । लामो दुरीका कारण चालक निदाउदा र एम्वुलेन्सको गति तीब्र रहेकोले सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एम्वुलेन्स विद्युत पोलमा ठक्कर खाएको थियो भने विद्युतको पोल एम्बुलेन्सको माथि खस्दा समेत कुनै मानवीय क्षति नभएको पिपरा प्रहरी कार्यालयका प्रहरी निरिक्षक आयुष जोसीले जानकारी दिनु भयो । एम्वुलेन्सले मृगौला फेल भएर मृत्यु भएको शव लिएर दाङ्ग तर्फ जादै गरेको अवस्थामा मध्य वनगाईमा दुर्घटना परे पछि स्थानीय प्रत्यक्षदर्शी भक्तिराम गुरुले प्रहरी र स्थानीयलाई खवर गरेका थिए ।

एम्बुलेन्सकाे माथि र वरिपरी बिद्युतका तारले जेलिएको हुँदा विद्युत काटिए पछि मात्र एम्वुलेन्सबाट चालक र शवलाई वाहिर निकालिएको हो । चालकलाई भने कुनै चोट समेत नलागेको र एम्बुलेन्समा सामान्य क्षति भएको जनाईएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here