सीपीएलमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

234

 काठमाडाैं – क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आवद्द क्लव जमैका तालावाजले गुयाना अम्याजन वारियर्सलाई पाँच विकेटले हराएको छ ।

वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि एन क्रुह्माह बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रन बनाएका थिए ।

यसअघि पहिले व्याटिङ गरेको वारियर्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय ८ रन बनायो । नेपालका सन्दीपले आज पनि उत्कृत बलिङ गरे । सन्दीपले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए ।

यस्तै फिडेल एडवार्ड र मुजीब रहमानले ३/३ विकेट हात पारे । सन्दीप आवद्द टिमले चार खेलमध्ये दुई खेल जितेको छ र चौथो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here