बोक्सीको आरोप लगाउने तीन जना पक्राउ

106

सप्तरी /  खड्क नगरपालिका-१ सिश्वाबेल्हि बस्ने ४५ वर्षीया महिलालाई बोक्सीको आरोपमा अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु १८ वर्षीय सुनिल राम, ५५ वर्षीय रुपनारायण राम र ३५ वर्षीया अहिल्या देवी रहेका छन् ।

बोक्सीको आरोप लगाई स्थानीयबासीले अभद्र व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथै खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here