अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतले यति बेला नेपालको युट्युबमा ट्रेन्डिङ नम्बरमा २ मा राम्रो प्रतिक्रिया पाइरहेको छ ।
अर्जुन पोखरेलको सङ्गीत, दिग्गज धौरालीको शब्द, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको सार्वजनिक गीत रिलिज भएको १२ घण्टा नपुग्दै ट्रेन्डिङ नम्बर एकमा पुगेको हो । गीतमा चलचित्रका दुई मुख्य कलाकार अनमोल केसी र उपासना सिंह ठकुरी फिचर्ड रहेका छन भने गीतको कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।
फुटबल खेलाडीको कथामा बनेको चलचित्र क्याप्टेनमा अनमोल र उपसानाको साथमा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ ।यो चलचित्र फागूण १७ गते रिलिज हुँदैछ ।
दिवाकर भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् ।


















