प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट नेपाल पूर्व प्रहरी संगठनको २८औं वार्षिक साधारणसभा उद्‍घाटन

315

काठमाडौं  / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल पूर्व प्रहरी संगठनको २८औं वार्षिक साधारणसभाको सोही संगठनको धापासीस्थित कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमवीच उद्‍घाटन गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पूर्व प्रहरी संगठन अन्तर्गत रहेर संगठनका लागि भवन निर्माण तथा जग्गा प्रदानका लागि महत्वपूर्ण सफलता हासिल गरेका पदाधिकारीहरुलाई सम्मान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले कर्तव्यपालनाको सिलसिलामा जीवन उत्सर्ग गर्ने अमर एवं वीर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले हाल प्रहरी कल्याण कोषबाट निवृत्त प्रहरी एवं आश्रीत परिवार र अमर प्रहरी परिवारको कल्याणमा वार्षिक कल्याणकारी कार्यक्रमको कुल ७३ प्रतिशत खर्चको योगदान पुर्‍याइरहेको जानकारी दिनुभयो । यसैगरी कर्तव्य पालनाको सिलसिलामा अशक्त भएका प्रहरी कर्मचारीका १ जना सन्ततीलाई कक्षा ६ देखि स्नातक तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भनी प्रहरी दिवस २०७६ को अवसरमा घोषणा भई कार्यान्वयनमा आएको तथा नागरिकको सुरक्षा एवं कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त प्रहरीका सन्ततीहरुमध्ये १ जना छोरीको शुभ विवाहमा संस्थागत अभिभावकत्व बहन गर्दै आर्थिक वर्ष २०७६र७७ देखि प्रहरी कल्याण कोषबाट ३० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले जनाउनु भयाे ।

पूर्व प्रहरीहरुले आफ्नो ज्ञान, सिप, कलाकौशललाई प्रयोग गर्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो । पूर्व प्रहरी कर्मचारीहरुको हकहितका लागि प्रहरी संगठन तत्पर रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पूर्व प्रहरी संगठनको विकासका लागि आवश्यक योजना सहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बसन्तराज कुँवरले प्रहरी संगठनसँग पूर्व प्रहरी संगठनले राखेका अपेक्षाबारे उल्लेख गर्दै संगठनका आगामी योजना तथा कार्यक्रमबारे चर्चा गर्नुभयो । नेपाल प्रहरीले जनहितका लागि ल्याएको समुदाय-प्रहरी साझेदारी कार्यक्रममा पूर्व प्रहरी संगठनको सदैव साथ र सहयोग रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । हाल प्रहरी संगठनले सरकारसंग समन्वय गर्दै प्रहरीका भौतिक संरचना निर्माणको क्षेत्रमा अतुलनीय कार्य सम्पादन गरेको समेत उहाँले चर्चा गर्नुभयो ।

उक्त संगठनका बरिष्ठ उपाध्यक्ष रुप सागर मोक्तानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय समन्वय परिषदका अध्यक्ष माधव घिमिरे र संगठनको विद्धत परिषदका संयोजक नवराज ढकालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संगठनका बरिष्ठ उपाध्यक्ष बिनोद सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री, बरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, पूर्व प्रहरी संगठनका पदाधिकारी तथा सदस्य, अमर अशक्त प्रहरी परिवारका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

उक्त उद्‍घाटन कार्यक्रमको समापन पश्‍चात् प्रहरी महानिरीक्षक खनालले पूर्व प्रहरी संगठनका प्रदेश स्तरीय पदाधिकारीहरु र अमर अशक्त प्रहरी परिवारसँग अन्तक्रिया गर्नुभयो । सो अवसरमा उक्त संगठनका प्रदेश स्तरीय पदाधिकारीहरुले राखेका जिज्ञासाको सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनको आगामी कार्ययोजनाबारे प्रहरी प्रधान कार्यालयको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

नेपाल पूर्व प्रहरी संगठनको आ।ब। २०७५र०७६ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, आ।ब। २०७६र०७७ को कार्यक्रम प्रस्तुत, आ.ब. २०७५र०७६ को वार्षिक आय व्यय र चालु आ.ब. २०७६र०७७ को विवरण तथा आ.ब. २०७७र०७८ को अनुमानित आय व्यय प्रस्तुत र पारित लगायतका विविध कार्यक्रम सहित उक्त साधारणसभा सम्पन्न हुने कार्यक्रम रहेको छ ।

   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here