राष्ट्रपतिका लागि गाडी होइन हेलिकोप्टर खरिद

94

काठमाडौं / सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकोप्टर खरिद गरेको छ ।

१४ करोड रुपैयाँका महँगा गाडी किन्ने निर्णयपछि राष्ट्रपतिका लागि हेलिकोप्टर खरिद गरिएको हो ।

मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुनेगरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सिट क्षमताको अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९ हेलिकोप्टर खरिद गरेको हो ।

यो हेलिकोप्टर केही समय त्रिभुवन विमानस्थलमा रहने र शीतल निवाससँगै जोडिएको प्रहरी प्रतिष्ठान हटाएर त्यहाँ हेलिप्याड निर्मण गरी सेनाको सुरक्षामा राखिने छ । कारोबार दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here