नेकपा माथिको प्रतिबन्ध फुकाउन माग गर्दै पाँच पार्टीको विरोधसभा

182

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गर्दै राजधानीको शान्तिबाटिकामा सरकारको विरोधमा उत्रिएका पाँच पार्टीले विरोधसभा गरेका छन् ।

विरोध कार्यक्रममा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारको फासीवादी कदमकै कारण देशमा लडाईँ हुने जनाएका छन् ।

विरोधसभालाई सम्बोधन गर्दै नेता गजुरेलले जनयुद्धलाई धोका दिएर अहिले संसदीय व्यवस्थाका ठेकेदार भएर बसेका प्रचण्ड र बादलहरुको भ्रष्ट बुद्धिले मुलुकमा फेरि भीषण लडाई हुने चेतावनी दिए । ।

सभामा ऋषि कट्टेल नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपाा (क्रान्तिकारी माओवादी), गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले उक्त विरोधसभाको आयोजना गरेका थिए ।

साथै कालापानीलगायत सीमा भारतले मिचेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन् । सभाका वक्ताहरुले प्रतिबन्ध हटाउन सरकारसँग माग गरे साथै एनसेल, सुन, वाइडबडी, निर्मला पन्त हत्याकाण्डका दोषीमाथि पनि कारवाही गर्न सरकारसँग माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here