चेन्नाई आईपीएलको फाइनलमा

124
Rohit Sharma captain of Mumbai Indians and MS Dhoni captain of Chennai Super Kings during the toss of the match 15 of the Vivo Indian Premier League Season 12, 2019 between the Mumbai Indians and the Chennai Super Kings held at the Wankhede Stadium in Mumbai on the 3rd April 2019 Photo by: Vipin Pawar /SPORTZPICS for BCCI

काठमाडौं- इन्डियन प्रिमियर लिग सिजन १२ को ट्रफीका लागि चेन्नई र मुम्बई इन्डियन्स भिड्ने भएका छन। राजशेखर रेड्डी क्रिकेट स्टेडियम विशाखापटनममागएराति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स फाइनल प्रवेश गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले चेन्नईलाई जितका लागि १४८ रनको लक्ष्य दिएको थियो। दिल्लीले दिएको उक्त लक्ष्य चेन्नईले ६ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्यो।

चेन्नईका लागि ओपनरद्वय फाप डू प्लेसिस र सेन वाट्सनले समान अर्धशतक बनाए। डू प्लेसिसले ३९ र वाट्सनले ३२ बलमा ५० रन बनाएर आउट भएका थिए। चेन्नईका अम्बाती रायडूले नटआउट २० रन जोडेका थिए।

दिल्लीका बलरलाई चेन्नईका ब्याट्सम्यानले सफल हुन दिएनन्। दिल्लीका चार खेलाडीले समान १-१ विकेट लिएका थिए। दिल्लीका ट्रेन्ट बोल्ट, अमित मिश्रा, इशान्त शर्मा र अक्षर पटेलले विकेट लिएका थिए।

टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको चेन्नईले कसिलो बलिङ गरेसँगै उसलाई फाइनल प्रवेशका लागि मध्यम स्कोर मिलेको थियो। दिल्लीका लागि सबैभन्दा बढी रन रिषभ पन्तले बनाएका थिए। उनले ३८ रन बनाएका थिए। कोलिन मुनरोले २७ रन जोडे भने शिखर धवन १८ रनमा आउट भए।

अन्य खेलाडीलाई चेन्नईका बलरले खुलेर खेल्न सकेनन्। बलिङतर्फ चेन्नईका लागि चार खेलाडीले समान २-२ विकेट लिएका थिए। जसमा दीपक चहर, हरभजन सिंह, डिजे ब्राभो र रवीन्द्र जडेजा थिए। इमरान ताहिरले एक विकेट लिए ।

यो जितसँगै चेन्नई ८औँ पटक आइपिएलको फाइनल प्रवेश गरेको छ। चेन्नईले यसअघि तीन पटक ट्रफी चुमेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here