नेपाली कांग्रेस केन्द्रीय समितिमा दुई पदाधिकारी थपिए

180
congress

काठमाडौं / महासमिति बैठकमा तयार पारिएको विधान मस्यौदामा पदाधिकारी थप्ने सहमति भएपछि नेपाली कांग्रेस केन्द्रीय समितिमा अब ८ पदाधिकारी हुने भएका छन् ।

विधान मस्यौदाबारे लामो समयदेखि पार्टीमा छलफल चलिरहेको थियो । ६ पदाधिकारी रहँदै आएकोमा कांग्रेसको केन्द्रीय नेतृत्वले पदाधिकारी थप्ने गरी सहमति जनाएको हो ।

अब कांग्रेस पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीको निर्वाचन हुने भएको छ ।

‘विधानमा पदाधिकारीको विषय टुंगो लगाएका छौं,’ सहमहामन्त्री डा। प्रकाशशरण महतले भने, ‘अब ८ पदाधिकारीमा कोषाध्यक्ष मात्र मनोनित गर्ने र बाँकी पदाधिकारी निर्वाचित गर्ने सहमति भएको छ । बुधबार बिहान केन्द्रीय समिति बैठक बसेर अनुमोदन गर्छौं ।’

यसअघि ६ पदाधिकारी हुँदा सभापति, महामन्त्री र कोषाध्यक्षको निर्वाचन हुने व्यवस्था थियो । एक–एक उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित गर्ने प्रावधान रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here