मन्त्रिपरिषद् पुनर्गठनको माग

146

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ ।बुधबारको बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरे ।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि पन्तले सरकारको कामकारबाही प्रभावकारी नभएको जनाउँदै सरकार अपेक्षा अनुसार गतिशील नभएको साथै प्रधानमन्त्रीले बोलेका र निर्णय गरेका कतिपय विषय पुनर्मूल्यांकन गर्नुपर्ने धारणा व्यक्त गरे।

‘कतिपय मन्त्रीहरु विवादित र सक्षम नदेखिएकाले उनीहरुलाई हटाएर मन्त्रिपरिषद पुनर्गठन गनुपर्छ,’ नेता पन्तका अनुसार, ‘यो प्रधानमन्त्रीको अधिकार हो, मन्त्रीहरुको कामकारबाहीको प्रधानमन्त्रीले नै मूल्यांकन गर्नुपर्छ ।’

तर, राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत तान्ने, ठूला ठेक्कापट्टा आफैं दिने जस्ता काम नगर्न सुझाव दिए । राष्ट्रिय अनुसन्धानलाई हटाएर गृह मन्त्रालयले कसरी शान्ति सुरक्षा कायम गर्न सक्छ भन्दै उनले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरुलाई सक्रिय बनाउने हो, उत्तरदायी बनाउने हो, सबैथोक आफूमा थुपारेर कार्यबोझ बढाउनु हुन्न । जुन अहिले भइरहेको छ ।’

नेता पन्तले प्रधानमन्त्रीको पार्टी प्रमुखको जिम्मेवारी खोस्ने प्रस्तावको भने विरोध गरे । प्रधानमन्त्रीलाई कमजोर पार्ने काम गर्न नहुने बताउँदै उनले भने, ‘प्रधानमन्त्रीले पनि आफ्नो कमजोरी सच्याउनुपर्छ र गुटबाट माथि उठ्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here