काठमाडौं / नेपाली गीत संगित क्षेत्रकी आधुनिक,लोक तथा पप गायिका भिमा पुनको हाम्रो माया हुन्छ ब्लकबष्टर भन्ने बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीत आर.केसी डिजिटल युटुबबाट सार्वजनिक गरिएको हो । गीतमा प्रमोदको डिजीको शब्द संगित छ भने भीमा पुन र प्रमोद डिजीको आवाज रहेको छ ।
यस गीतमा संगित संयोजन डोलराज बाह्रघरे मगरको रहेको छ । यस गीतको भिडियोमा द ह्याप्पी कृयुको अभिनय रहेको छ भने म्युजिक भिडियो निर्देशन अरुण बिश्वकर्माले गरेका छन् ।
अडियो ग्यालेक्सी म्यूजिक प्रा.ली काठमाडौंद्वारा सार्वजनिक गरिएको यस गीतमा रामु चौधरी आर के सीले छायाकंन तथा सम्पादन गरेका छन ।


















