क्रिसमस ट्रीको सुरू कसरी भयो भन्ने बारे इतिहास

483

अङ्ग्रेजी पढ्दा हामी नेपालीहरु सबैले ए फर एप्पल बी फर बल गरि पढेका हौं, यसै क्रममा x-Mas Tree पनि पढेका छौं । चित्रमा सिँङ्गरिएको सानो धुपीकोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात क्रिसमस-ट्री आजका दिनमा प्राय देखिन्छन् ।

जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले मनाउने गर्दछन् ।

क्रिसमस ट्रीको इतिहास
क्रिश्चियनहरुले मनाउने चाड क्रिसमस र क्रिसमस ट्रीको कथा हजार बर्षभन्दा पुरानो इतिहाँसग जोडिन्छ। यो परम्परा कसरी सुरु भयो भन्ने इतिहाँस भने देखीएको छैन। तर, यो सँग जोडिएका कथाहरु भने प्रशस्त मात्रामा भेटिन्छन्।

क्रिसमस ट्री को ब्यवस्था गर्न गारो हुने अथाव पिरामिड आकारको रुप नभेटाउनेहरुका लागि पनि विकल्प भने थियो। घरमा भएका फलफुल, तरकारी वा गमलामा फुलेका फुललाई पिरामिड आकारमा सजाएर त्यसैलाई क्रिसमस ट्रीका रुपमा मनाउने चलन थियो।

क्रिसमस ट्री
इंल्याण्डमा बसोवास गर्ने बोनिफेस जव इंल्याण्डमा छाडेर जर्मनी पुगे। जर्मनीमा स्थानियहरु भगवानलाई खुसी पार्न मानव बलि दिने गर्थे। बालवालिकाहरुलाई ओक नामक रुखको फेदमा बलि दिने गरिन्थ्यो। यो प्रक्रिया दोहोरिदै गएको बोनिफेसले धेरै हेर्न सकेनन्। एक स्थानियहरुले बलिदिने गरेको रुखलाई बोनिफेसले काटे र काटेको रुखमाथी अर्को हरियो रुख जोडे भने ‘यो भगवान यसूको जन्म भएको स्थान हो यसमा पुजा गरौँ ’। जोडिएको रुखलाई स्थानियहरु फुल माला चढाएर पुजा गर्न थाले।बिस्तारै मान्छेहरु उक्त रुखमा जानुको सट्टा घरमै रुख ल्याएर क्रिसमस ट्रीका रुपमा पुजा गर्न थाले। यसरी क्रिसमस ट्रीको इतिहाँस सुरु भएको थियो।

क्रिसमस ट्रीसँगै जोडिएको अर्को कथा
हिँउ परिरहेको क्रिसमसको अघिल्लो दिन एउटा सानो बालक बेपत्ता हुन्छ । हिँउ परेको समय, चिसो हावाका कारण घरको बाटो पत्ता नपाएर बालक बरालिन्छन। निकै बेर हिँउमा हिँडेपछि बालकले एउटा घरमा आगो बलिरहेको देख्छ।

हराएर आएको बालकलाई उक्त परिवारले खाना खुआएर तातो बनाएर राख्छन्। र, रात परेपछि परिवारको सबैभन्दा सानो सदस्यसँग सुताउँछन्। तिनै बालक क्रिसमसको दिन क्रश्चियनहरुका भगवान यसुको रुपमा बदलिन्छन। बिहान यसूका रुपमा बदलिएका बालक बाहिर निस्कन्छन् एउटा रुखको हाँगा भाँचेर ल्याएर चिसोमा सहयोग गरेर राख्ने परिवारलाई धन्यवाद दिन्छन्। सोहि दिनदेखि यसूको सम्झनामा क्रिसमस मनाउन थालिएको मानिन्छ। यद्यपी क्रिसमस ट्रीसँग यस्ता अन्य धेरै कथाहरु छन्।

 क्रिसमस ट्रीमा यसूको फोटो राख्ने प्रचलन थियो। तर, बिस्तारै बिजुलीको विकास भएपछि विभिन्न खाले लाइटहरु राख्ने प्रचलन बढेको हो। सन १८४१ रानी भिक्टोरियाले क्रिसमस ट्रीलाई सजाएपछि बेलायतमा यसको लोकप्रीयता बढेको थियो। त्यसको लगत्तै अमेरिकामा समेत क्रिसमस ट्रीले लोकप्रीयता हासिल गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here