गाडी हुइँक्याउँदै दयाहाङ, ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक

221

फिल्म ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई स्टारर रहेको उक्त फिल्ममा उनी ड्राइभरको भूमिकामा छन् । सार्वजनिक गरिएको गीतमा अभिनेता राई खुसी मुद्रामा कुहिरोको बाटोमा गाडी हुइँक्याउँदै देखिएका छन् । यो

थुप्देन भुटिया र स्निहाश्री थापाको स्वर रहेको गीतमा अनमोल गुरुङको संगीत छ भने उमेश उपमाको शब्द छ । सार्वजनिक गीतको भिडियो नेपाल-भारतको सिमानामा अवस्थित सन्दकपुरमा खिचिएको हो । गीतमा योज्ना प्रधानले कोरियोग्राफी रहेको छ ।

फिल्मको टाइटल क्यारेक्टरमा अभिनेता दयाहाङ छन् । उनले एक पिताको भूमिका निभाएका छन् । फिल्मले बाबु-छोराको कथा वाचन गर्ने निर्देशक अनमोल गुरुङले बताए । माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्म जेठ २४ मा रिलिज हुँदैछ ।

नेपाल रिलिजको एक सातापछि भारतमा समेत प्रदर्शन हुने फिल्ममा दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् ।

गीत हेर्नुहोस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here