काँकडभिट्टामा आगलागी, २२ घर जलेर नष्ट

183

 झापा / काँकडभिट्टामा आगलागी हुँदा २२ घर जलेर नष्ट भएको छ ।आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।

मेचीनगर नगरपालिका–६ को साठीबीघा भन्ने ठाउँमा बिहीबार राति आगलागी भएको हो । आगो नेपाल प्रहरी, नेपाली सेना, स्थानीयबासी र दमकलले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट दुई करोड रुपैयाँ बराबरको क्षति भएको हनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागी भएको स्थान काँकडभिट्टा बजारको बधशाला क्षेत्रमा पर्दछ । आर्थिक स्थिति न्यून भएका केही सर्वसाधारण मेचीनगर नगरपालिकाको उक्त जग्गामा स–साना घर बनाएर वार्षिक रुपमा भाडा तिरेर बस्दै आएका थिए । स्थानीयबासीका अनुसार साँझ साढे ७ बजे आगो लाग्न सुरु भएको थियो । आगो छविलाल आङ्देम्बेको घरबाट फैलिएको प्रहरीले जनाएको छ । नजिकै मेचीनगर नगरपालिकाको कार्यालयमा २ वटा दमकल रहे पनि आगो निभाउनका लागि समयमै पुग्न सकेको थिएन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here