नक्कली बीमा गराएर ठगी गर्ने ३ जना कर्मचारी पक्राउ

71

काठमाडौं ।
प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्ने कर्मचारी प्रकाश रेग्मीसहितका व्यक्तिले विभिन्न ५७४ जनाको नक्कली बीमा लेख जारी गरी ठगी गरेको आरोपमा पक्राउ परेका ६ मध्ये ३ जना जेल चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये १ जना धरौटी तिरेर निस्किएका छन् भने २ जना धरौटी तिर्न नसकेपछि जेल चलान भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो । उनीहरुमध्ये स्याङ्जाका प्रकाश रेग्मी, भक्तपुरका सुदीप खड्का र ललितपुरका सञ्जय केसी पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

उदयपुरका भोला पोखरेल २ लाख धरौटी तिरेर छुटेका छन् भने काभ्रे घर भई हाल काठमाडौँ चाबहिल बस्ने सिंहबहादुर लामा र स्याङ्जाका ध्रुव रेग्मीे धरौटी तिर्न नसकेपछि जेल चलान भएका छन् ।

प्रकाश रेग्मीले १७ जनाको नक्कली बीमालेख जारी गरेको मुद्दामा गएको वैशाखमा १ लाख धरौटी तिरेर तारेकमा छुटेका थिए । त्यस मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला पुनःनक्कली बीमालेख बनाई ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको हो । उनीहरुलाई प्रहरीले विशेष सूचनाको आधारमा मङ्सिरमा काठमाडौँ जिल्ला टोखा नगरपालिका–९ मिलनटोलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here