काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले वर्तमान सरकार निर्मला पन्तको हत्यारालाई कारबाही गर्न असक्षम भएकोले जन सरकारले कारबाही गर्ने जनाएका छन् ।
धनगढीमा बिहिवार पत्रकार सम्मेलन आयोजना गरी प्रवक्ता प्रकाण्डले केहि समय धैर्य गर्न आग्रह गर्दै जन सरकारले कारबाही गर्ने जनाए । उनले भने, केहि समय दिनुहोस्, हामि निर्मलाका हत्यारालाई कार्वाहि गरेर देखाउँछौ’ । वर्तमान सरकार निर्मला पन्तको हत्यारालाई कारबाही गर्न असक्षम भएकोले जन सरकारले कारबाही गर्ने उहाँको भनाई थियो ।
नेकपाभित्रका नेताहरुको दृढ एकता देखेर अतालिएकाहरुले पछिल्लो समय पार्टीभित्र विवाद रहेको भ्रम छर्न खोजेको भन्दै उनले त्यसप्रति सचेत रहन पार्टी पंक्ति तथा आम नागरिकलाई आग्रह समेत गरे ।
उनले भने, ‘हाम्रो पार्टी भित्रको एकताबाट छटपटाहट भएपछि अन्य दलका नेताहरुले प्रकाण्ड र विप्लवबीचको एकता टुटाउन भ्रम फैलाउने गरेका छन् । यसप्रति सचेत रहनुहोला, नेकपाका नेताहरुबीच दृढ एकता छ ।’
प्रकाण्डले पार्टीको गतिविधि सञ्चालनका लागि राष्ट्रिय पुँजिको पक्षधर उद्योगी व्यवसायीहरुबाट स्वैच्छिक सहयोग लिएको दावी गर्दै आफ्नो पार्टीको चन्दा असुली गर्ने नीति नरहेको जनाए ।


















