सर्वोच्चमा प्रस्तावित प्रधान न्यायाधीश राणाको सुनुवाई सुरु

118

काठमाडौंं / संसदीय सुनुवाई विशेष समितिमा सर्वोच्च अदालतको प्रधान न्यायाधीशकालागि प्रस्तावित भएका चोलेन्द्रशमशेर राणाविरुद्ध उजुरीबारे आइतबारदेखि सुनुवाई सुरु भएको छ।

सिंहदरबारस्थित संसद सचिवालयमा प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध ९ वटा उजुरीमाथि सुनुवाई सुरु भएको हो।

उनीविरुद्ध न्यायाधीशका लागि पनि योग्य नरहेको आरोपसहितका गम्भीर उजुरी परेका छन्। उजुरीका बारेमा समितिका सदस्यले सोधिरहेका छन्।

प्रस्तावित प्रधान न्यायाधीश राणाले जवाफ दिने छन्। राणालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here