नेपाली यू–२१ फुटबल टिमको विदाई

167

काठमाडौँ/भारतको गुवाहाटीमा हुने यू–२१ नर्थ इष्ट फुटबल च्याम्पियनसिपमा भाग लिने नेपाली टिमलाई आज विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोमा कार्यक्रम गर्दै यू–२१ फुटबल टिमलाई विदाई गरेको हो । यू–२१ नर्थ इष्ट फुटबल च्याम्पियनसिपकै लागि भनेर गत माघ २९ गते एन्फाले २० सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेको थियो । प्रतियोगिता यही फेब्रुअरी १९ देखि २८ तारिखसम्म भारतको गुवाहाटीमा हुदैछ ।

नेपाली यू–२१ राष्ट्रिय टिम

गोलकिपर : सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी
डिफेन्डर : अशिम भूषाल, राजन गुरुङ,  रन्दिप पौडेल, विश्वास उदास,गौतम श्रेष्ठ, छिरिङ गुरुङ
मिडफिल्डर : अरिक विष्ट, अनिल महर्जन,  मिक्चेन तामाङ, मनिष थापा,  नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी
फरवार्ड : रेजिन सुब्बा,  धिरज श्रेष्ठ, राजिव लोप्चन,प्रेजिन तामाङ
वैकल्पिक खेलाडी : सनिस श्रेष्ठ, अभिषेक बराल, अरुज सिंह र ऋतिक खड्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here