यौन सम्पर्क गर्दा पुरुषलाई बढी पिडा कि महिलालाई ?

426

सम्भोगमा कैयौँ अवस्था दर्दनाक हुन्छन् । यौन सम्पर्क गर्दाको समयमा तपाईले दुखाइको सामना गर्नु पर्यो भने गम्भीर समस्या उत्पन्न हुन्छ । रायल कलेज अफ आब्सिटट्रिसन एन्ड गाइनोकोलजिस्टकी प्रवक्ता स्वाति झा भन्छिन्, सम्भोगका समयमा दुखेमा सेक्सुअल हेल्थ क्लिनिकमा गएर जचाउनु पर्छ ।

यद्यपि युनिर्भसिटी अफ ग्लास्गोका सिनियर रिसर्च फेलो डा। क्रिस्टिन मिसेल भन्छिन्, सम्भोगमा दुखाइको सम्बन्ध पूर्ण रूपमा मनोवैज्ञानिक तथा सामाजिक कारणले गर्दा हो । क्रिस्टिनले २०१७ मा एउटा अध्ययन गरेकी थिइन् । यसमा बेलायतमा १६ देखि २४ वर्षका युवतीहरूमा १० प्रतिशतलाई सेक्समा दुखाइको सामना गर्नुपर्छ भन्ने कुरा समावेश थियो ।

उनले भनिन्, ‘यदि एउटी जवान महिलाले चाहेजस्तो सम्भोग गर्न नपाउँदा, मन लगाएर नगर्दा, खुलेर कुरा गर्न नसक्दा वा आनन्द मानेर नगरेको अवस्था सम्भोग पीडादायी हुन्छ ।सम्भोगमा आनन्दको अधिकार बराबरी होइन अथवा कम हो भन्ने महिलाहरूमा एक किसमको पूर्वाग्रह हुन्छ । कैयौं महिला कुन रूपमा स्वीर्काछन् भने उनीहरू महिला हुन्, त्यसैले सम्भोग गर्दा पीडा हुन्छ ।’

अमेरिकामा एउटा अध्ययन भयो । यस अध्ययनकी रिसर्चर सारा म्याकलैन्डले महिला र पुरुषलाई उनीहरूको लागि सम्भोगको समयमा कम सन्तुष्टिको अर्थ के हुन्छ भनेर सोधेकी थिइन् । यस प्रश्नको उत्तरमा पुरुषहरूको जवाफ पाटनरको उदासीनता भन्ने थियो भने महिलाहरूको जवाफ दुखाइ भन्ने थियो ।

किम लोलियाले पनि यस्तै अनुभवहरूको सामना गर्नुपरेको थियो । अहिले उनी महिलाहरूको बीचमा यस्तो डर र समस्याको समधान गर्ने काम गरिरहेकी छिन् ।

लोलिया लन्डनस्थित सेक्स एजुकेसन सर्भिसकी संस्थापक हुन् । यसका साथै उनी एउटा अनलाइन म्याग्जिन पनि निकाल्छिन् । उनको बुझाइ के छ भने असहज बनाउने सम्भोग आवश्यक छैन चाहे त्यो शारीरिक समस्याबाट होस् वा उनी चुप रहँदाको कारणले होस् ।

किम भन्छिन्, ‘महिलाहरू पीडा महसुस भएको बेला चुपचाप सहन्छन्, उनीहरू बोल्दैनन् । पीडा भए पनि नबोल्नुमा कि उनी आफैमा कुनै न कुनै समस्या छ भनेर कि आफ्नो पार्टनरले अन्यथा नसोचुन् भनेर डराएका हुन्छन् । सेक्सको समयमा पारस्परिक, क्रमशः र एकअर्कोलाई बुझ्ने र महसुस गर्न जरुरी हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here