चीनमा एप्पलका आईफोन बिक्री र आयातमा प्रतिबन्ध, हुवावे प्रयोग गर्न जोड

167

बेइजिङ / अमेरिका र चीनले आफ्ना उत्पादनको प्रवद्र्धन र अर्को उत्पादनमाथि निषेधको शैली अंगिकार गरेका छन् ।

विदेशमा हुवावेमाथि प्रतिबन्ध लगाउनका लागि अमेरिकाले ठूलै दबाब गरिरहेको समयमा चिनियाँ कम्पनीहरूको एप्पलको विकल्पमा हुवावे प्रयोग गर्न जोड गरिरहेका छन् ।

चिनियाँ कम्पनीले आफ्ना कामदारलाई आईफोन त्याग्नका लागि समेत आग्रह गरेका छन् । चिनियाँ कम्पनीहरूले आफ्ना कामदारलाई आईफोनको सट्टा हुवावेका फोन किनेमा भारी छुट दिने प्रस्ताव गरेका छन् ।

निकी एसियन रिभ्युमा हालै प्रकाशित समाचारअनुसार हुवावेका प्रमुख वित्त अधिकृत मेङ वानझोउलाई अमेरिकी अभियोजनकर्ताहरूको अनुरोधमा क्यानडमा पक्राउ गरेपछि चिनियाँ कम्पनीहरूको यस्तो कदम आएको हो ।

कतिपय चिनियाँ व्यवसायले आफ्ना कामदारलाई हुवावेको स्मार्टफोन किनेमा कम्पनीलाई सहयोग आउने र उनीहरूले छुट र सहुलियन पाउने जनाएका छन् । धेरैले खरिद मूल्यमा १० देखि २० प्रतिशतको सहुलियत पाउने निकीको समाचारमा उल्लेख छ ।

२० प्रतिशतभन्दा बढी चिनियाँ कम्पनीले हुवावेका अन्य उत्पादनको खरिद बढाउने घोषणा सामाजिक सञ्जालमार्फत गरेको समाचारमा उल्लेख छ ।

केही चिनियाँ कम्पनीले पनि एप्पललाई पाखा लगाउन थालेका छन् । ‘चिनियाँ सञ्चारमाध्यमका अनुसार सांघाईस्थित व्यवसायी संघले एप्पलका उत्पादन खरिद गर्नेलाई जागिरबाट निकाल्ने जनाएको छ,’ समाचारमा भनिएको छ ।

एक चिनियाँ अदालतले डिसेम्बरमा आईफोनका मोडलहरूको बिक्री र आयातमा प्रतिबन्ध लगाएको थयो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here