भिल्लारियलसँग रियल मड्रिड बराबर

191

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग बराबर भएको छ ।

बिहीबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई घरेलु टोली भिल्लारियलले २–२ गोलको बराबरीमा रोक्न सफल भयो । भिल्लारियलका सान्टी कार्जोलाले दुई गोलको मद्दतले बराबरी भएको थियो । रियलका लागि भने करिम बेन्जिमा र राफेयल भरानेले गोलका थिए ।

खेलको चौथो मिनेटमा भिल्लारियलका कार्जोलाले पहिलो गरेको भएतापनि खेलको सातौं मिनेटमा बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई १–१ गोलको बराबरी गरेका थिए । २०औं मिनेटमा रियल मड्रिडले अर्को गोल थप्दै २–१ गोलले अगाडी रह्यो । योपटक भरानेले गोल गरेका थिए ।

पहिलो हाफमा २–१ गोलले अगाडी रहेको रियल मड्रिडले दोस्रो हाफमा आफ्नो अग्रतालाई जोगाउन सकेन ।

खेलको ८२औं मिनेटमा कार्जोलाले पुन दोस्रो गोल गरी भिल्लारियललाई २–२ गोलको बराबरीमा सफल रह्यो । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

लिगको चौथो स्थानमा रहेको रियल मड्रिडको १७ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाट भिल्लारियलले १६ अंक भएको छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको १७ खेलबाट ३७ अंक भई दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ३४ अंक छ । त्यस्तै, समान खेल खेलेको सेभिल्ला ३२ अंकको साथमा लिगको तेस्रो स्थानमा
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here