म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

97

म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुललाई पराजित गरि दोस्रो स्थानमा उक्लिन सफल भएको छ । बिहीबार राति इत्तेहाद रंगशालामा भएको खेलमा घरेलु टोली सिटीले लिभरपुललाई २–१ गोलअन्तरले पराजित गरेको थियो । सिटीलाई जिताउन लेरोय साने र सर्जियो अगुइरोले गोल गरेका थिए । यता, लिभरपुलका लागि रोर्बेटो फिरमिन्होले गोल गरेका थिए ।

खेलको ४०औं मिनेटमा सिटीका अगुइरोले पहिला गोल गरेका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खाएको थियो ।

खेलको ६४औं मिनेटमा फिरमिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा गरेका थिए । तर ७२औं मिनेटमा लिभरपुलले अर्को गोल खान पुग्यो । यो पटकभने सानेले गोल गर्दै सिटीलाई २–१ गोलको अग्रता दिलाए । बाँकी समयमा लिभरपुलले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

यो जितसँगै फराकिलो अंक दूरी बनाउनबाट लिभरपुल चुकेको छ । लिरभपुलले २१ खेलबाट ५४ अंक बटुलेको छ । लिभरपुललाई पराजित गर्दै म्यान्चेस्टर सिटी भने दोस्रो स्थानमा उक्लिदै ५० अंक भएको छ । सिटीले लिभरपुलसँगको अंक दूरी चारमा समेत झारेको छ । लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामभन्दा सिटी दुई अंकले अघि रहेको छ । टोटनह्यामको २१ खेलबाट ४८ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here