‘वीरविक्रम २’ मा ‘पिरतीको मिठो तिर्सना…’ गीतको रिमेक

240

फिल्म ‘वीरविक्रम २’ को पहिलो गीत सार्वजनिक भएको छ । सुपरहिट फिल्म ‘देउता’ मा समावेश सदावहार गीत ‘पिरतीको मिठो तिर्सना…’ को रिमेक भर्सन सार्वजनिक गरिएको हो ।

प्रदर्शन मिति तय नभएको फिल्म ‘वीरविक्रम २’ को पहिलो गीत बिहीवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त फिल्मको गीत मनाङ र मुस्ताङमा खिचिएको छ भने फिल्मका लिड कलाकारहरु पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन फिचर्ड छन् ।

गीतमा तीन स्टार्स एउटै फ्रेममा भने देखिएका छन् । गीतमा केही फरक गर्न खोजेको कोरियोग्राफर कविराज गहतराजले बताए । भिडियोमा वर्षासँग दुई नायकको केमेस्ट्री सुहाएको देखिन्छ ।

‘देउता’ का लागि इन्द्रजित मिजार र भारती घिमिरेले गाएको गीत ‘वीरविक्रम २’ मा ताराप्रकाश लिम्बु र मेलिना राईले गाएका छन् । कुशुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरले संगीत छ ।

नयाँ कथामा निर्माण भइरहेकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । सार्वजनिक गीतको भिडियोमा वर्षा, पल र नाजिरलाई थकाली पहिरनमा देख्न सकिन्छ । गीतलाई रिमेक गर्नुको पछाडि फिल्मको लोकप्रियताका लागि रहेको निर्देशक मिलन चाम्सले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here