बार्सिलोनाले गेटाफेलाई हरायो

25

एजेन्सी / स्टार स्ट्राइकर कप्तान लियोनल मेस्सी र स्वारेज राम्रो प्रर्दशन गरेपछि स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले गेटाफेलाई २–१ गोलले हराउन सफल भएको छ । गेटाफेको घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । मेस्सीले २०औं मिनेटमा गोल गरेका थिए । ३९औं मिनेटमा लुइस स्वारेजले गोलपछि बार्सिलोना खेलमा २–० ले अघि बढेको थियो । ४३औं मिनेटमा जेमी माटाले गोल गर्दै घरेलु टोलीलाई २–१ को अन्तरमा झारे पनि टोलीलाई हारबाट जोगाउन सकेन् ।

यो जितपछि लिगमा १८ खेल सकेको बार्सिलेनाले ४० अंक भएको छ । बार्सिलेना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा पाँच अंकले अगाडी रहेको छ । समान खेल सकेको एट्लेटिको ३५ अंक छ । २५ अंक बनाएको गेटाफे सातौं स्थानमा छ ।

आइतबार रातिनै भएको खेलमा एट्लेटिको म्याड्रिड सेभिल्लासँग १–१ गोलका बराबर भएको छ । सेभिल्लाको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा सेभिल्लाका विसाम बिन याडरले ३७औं मिनेटमा पहिलो गोल गरे । एट्लेटिकोका एन्टोइन ग्रिजम्यानले ४५औं मिनेटमा बराबरी गोल गरेका थिए । बराबरीपछि तेस्रो स्थानमा रहेको सेभिल्लाको ३३ अंक बनाएको छ ।

यसैगरी आइतबार रातीनै भएको अर्को खेलमा स्पेनिस जाइन्ट किलरको छबि बनाएको रियल म्याड्रिड रियल सोसिएडाडसँग २–० गोलले पराजित भयो । रियललाई घरेलु मैदानमा पराजत गर्न सोसिएडाडका विलियन जोसले तेस्रो मिनेटमै पेनाल्टी मार्फत गोल गरेका थिए । ८३औं मिनेटमा रुवेन पाड्रोले गोल गर्दै टोलीको जित सहज बनाए । ६१औं मिनेटमा रियलमा लुकास भाजक्वीन दोहोरो पहँेलो (रातो) कार्ड पाउँदै बाहिरिएप्छि रियल थप दवावमा परेको थियो । हारसँगै यसअघि ३० अंक बनाएको रियल पाँचौं स्थानमा छ । २२ अंक बनाएको सोसिएडाड ११औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here