विपन्न ५० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण

135

बिमल योगी

दाङ / दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ७ ले ५० जना विपन्न  बालबालिकालाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ ।

वडाले शनिवार सौडियारमा एक कार्यक्रमको आयोजना गरी ५० जना विपन्न  बालबालिकालाई सामाग्री वितरण गरेको हो । वडाको चालु आ.व.२०७५/०७६ का लागि विनियोजित कार्यक्रम अन्तरगत उनिहरुलाई एक थान झोला,एकजोडा पोशाक,एक पाकेट टडपेन र एक दर्जन कापी वितरण गरिएको हो ।

वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाग्री वितरण गरिएको हो । प्रत्येक टोलका विपन्न विद्यार्थीलाई नियमित विद्यालय जाने वातावरण बनाउनका लागी शैक्षिक सामाग्री वितरण गरिएको हो ।

वडा सदस्य सुशिला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले शिक्षा विना मानिसको जिवन अधुरो र अपुरो हुने जनाउनुभयो । उहाँले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारकालागि स्थानियतहले विभिन्न कार्य गरिरहेको भन्दै सवैकालागिनिशुल्क र सर्वसुलभ शिक्षाआर्जन गर्ने वातावरण बनाउन सवैको भुमिकाहुने धारणा राख्नुभयो । सो अवसरमा वडामा रहेको १४ वटा बालक्लव र सञ्जाललाई पनि एक थान बाकस सहित स्टेशनरी सामान दिइएको थियो । कार्यक्रमको सहजीकरण वडा कार्यालयमा सामाजिक परिचालक बिमल योगीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here