मन्त्रिमण्डल पुनर्गठन होइन पूर्णता चाहिँ हुन्छ : प्रधानमन्त्री ओली

167

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन नभई पूर्णता मात्र दिइने जनाएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उनले रिक्त रहेका मन्त्रालयमा पूर्णता प्रदान गरिने प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो गतिविधि बन्देज गर्न रोक लगाएको बताए । उनले सरकारको निकायमा दर्ता गरेको संस्थालाई मात्र प्रतिबन्ध लगाइन्छ कसैले नचिन्ने, कही कतै दर्ता नभएको, अनाधिकृत विप्लव समूह एउटा मात्र झुण्ड भएकाले त्यसको गतिविधि नियन्त्रण गर्न रोक मात्र लगाएको स्पष्ट पारे ।

उनले विप्लव समूहलाई आह्वान गर्दै भने, ‘सरकार ठट्टा गर्दैन हत्या हिंसा, आतङ्क सिर्जना गरी जनतामा आतङ्कित गर्ने समूहलाई निषेध मात्र होइन नियन्त्रण पनि गर्छ ।’ प्रधानमन्त्री ओलीले विप्लव समूहलाई निषेध गर्दा नेपालका लोकतान्त्रिक पार्टीका नेताको रुवावासी किन रु भन्दै इतिहासमा जवाफ दिने कुरा गर्न नहुने जनाए ।

उनले विप्लव समूहको कुनै एउटा पनि माग सभ्य लोकतान्त्रिक समाजले सुन्न सक्ने खालको नभएकोले अनुचित, गैरसंवैधानिक कार्य गर्न रोक लगाइएको जनाए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here